दफा २४
अमानतबाट चलाउने
कुनै सरकारी रकम वा कामका सम्बन्धमा समयमै ठेक्का बन्दोवस्त हुन नसकेमा वा ठेक्का बन्दोवस्त भए तापनि ठेकदार मरी वा भागी ठेक्का बमोजिमको काम हुन नसक्ने देखिएमा नेपाल सरकारले त्यस्तो ठेक्काको काम अमानतबाट चलाउन वा सम्बन्धित अड्डा, कार्यालय वा अधिकारीलाई सो बमोजिम चलाउने आदेश दिन सक्नेछ ।